मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चीनलाई हराउँदै नेपाल यु–१९ महिला टोलीको लगातार चौथो जित

barnanmedia.com · Sat Nov 07 08:48:44 UTC 2026

चीनमा जारी यु–१९ ‘बेल्ट एन्ड रोड सिरिज’मा नेपाली युवा महिला क्रिकेट टोलीले लगातार चौथो जित निकालेको छ । आज भएको खेलमा नेपालले आयोजक चीनलाई ८४ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४१ रन बनाएको थियो । नेपालका लागि टीका शाहले ३५ बलमा अविजित ४३ रन बनाइन् । कप्तान सोनी पाख्रिनले ३१, सावित्री धामीले २४ र साना प्रवीनले १३ रनको योगदान दिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)