मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्चमा प्रस्तावित पाण्डेलाई श्रीमतीको जग्गा र भुटानी शरणार्थी प्रकरणबारे सांसदको प्रश्न

baahrakhari.com · Sat Nov 07 09:07:13 UTC 2026

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका निम्ति प्रस्तावित जनक पाण्डेसँग नेकपा (एमाले)की सांसद पद्मा अर्यालले न्यायिक आचरण, आर्थिक पारदर्शिता, स्वार्थको द्वन्द्व र विगतका फैसलाबारे स्पष्टीकरण माग गरेकी छन् ।

शनिबार (कात्तिक २१) सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसद अर्यालले पाण्डेको कार्ययोजना कार्यान्वयनमा आउने विश्वसनीयतामाथि प्रश्न उठाइन् । उनले न्यायपालिकाप्रतिको जनविश्वास पुनर्स्थापित गर्ने ठोस योजना माग गरेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)