कटनुखोलामा १४ महिनामै पुल तयार, जोखिमपूर्ण यात्रा अन्त्य
annapurnapost.com · Sat Nov 07 09:14:16 UTC 2026

विराटनगर : कटनुखोला उर्लिएपछि मोरङको रतुवामाई नगरपालिका–८ का बासिन्दाको जनजीवन नै प्रभावित हुन्थ्यो। खोला तर्न नसक्दा विद्यार्थी विद्यालय जान पाउँदैनथे, किसानले उत्पादन बजार पुर्याउन सक्दैनथे। काठ र बाँसका अस्थायी पुल बाढीले बगाउने क्रम पनि रोकिएको थिएन। स्थानीयले पक्की पुलको माग गर्न थालेको चार दशकपछि भने कटनुखोलामा त्यो सपना पूरा भएको छ।
रतुवामाई–८ स्थित जनता बाँध क्षेत्रमा पर्ने डाम्राभित्ता बजार पूर्व भुल्काडोवा जोड्ने सडकमा २५ मिटर लामो पक्की पुल निर्माण भएको छ। दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता रहेको पुल निर्माणको काम १४ महिनामै सकिएको हो। सम्झौता अवधिभन्दा १० महिना अगाडि नै निर्माण सम्पन्न गरेर तयार पारिएको पुलको शुक्रबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले उद्घाटन गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)