संसदीय सुनुवाइ समितिबाट सर्वोच्च अदालतमा ४ न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन
annapurnapost.com · Sat Nov 07 09:31:29 UTC 2026

काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित चार जनालाई संसदीय सुनुवाइ समितिले सर्वसम्मतरुपमा अनुमोदन गरेको छ।
सिंहदरबारमा शनिबार समितिको बैठकले न्याय परिषद्ले सर्वोच्च अदालतका लागि सिफारिस गरेको उच्च अदालतका न्यायाधीशहरू रत्नबहादुर बागचन, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन गरेको सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)