मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

शान्तिवार्ताको तयारीबीच किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, पाँच घाइते

kendrabindu.com · Sat Nov 07 10:03:35 UTC 2026

किएभ । युक्रेनले अर्को साता रुस र अमेरिकासँग नयाँ चरणको शान्तिवार्ताको तयारी गरिरहेका बेला शनिबार बिहान राजधानी किएभमा भएको रुसी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा पाँच जना घाइते भएका छन् ।

युद्ध अन्त्य गर्ने उद्देश्यले रुस, युक्रेन र अमेरिकाका वार्ताकारहरू आगामी मङ्गलबार संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबीमा भेट्ने तयारीमा छन् । गत फेब्रुअरीमा जेनेभामा भएको पछिल्लो वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको मध्यस्थतामा हुन लागेको यो चौथो चरणको वार्ता हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)