प्रकृतिको अनुपम उपहार ढोरपाटन
ratopati.com · Sat Nov 07 10:15:01 UTC 2026

नेपाल प्राकृतिक विविधताले भरिपूर्ण देश हो । हिमाल, पहाड र तराईका आ–आफ्नै विशेषता र सुन्दरता छन् । यिनै विविधताभित्र प्रकृतिले उदारतापूर्वक सजाएको एउटा अनुपम गन्तव्य हो– ढोरपाटन । मध्यपश्चिम नेपालको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा रहेको ढोरपाटन प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, धार्मिक आस्था र साहसिक पर्यटनको सम्भावना बोकेको क्षेत्र हो ।
हालैको ढोरपाटन भ्रमणले यस क्षेत्रको सुन्दरता नजिकबाट नियाल्ने अवसर मिल्यो । यहाँ पुग्दा लाग्छ, प्रकृतिले आफ्नो सम्पूर्ण सौन्दर्य एकै ठाउँमा पोखिदिएको छ । फराकिला पाटन, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, खोलानाला, चरिरहेका भेडा र घोडाका बथानले ढोरपाटनलाई साँच्चिकै मनमोहक बनाएका छन् । त्यसैले पनि यसलाई कतिपयले ‘मिनी मुस्ताङ’ का रूपमा चिनाउने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)