मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एआई र डेटा सेन्टरविरुद्ध युरोपमा आन्दोलन चर्कियो, माइक्रोसफ्टको निर्माणस्थलमै प्रदर्शनकारीको कब्जा

nepallive.com · Sat Nov 07 10:15:44 UTC 2026

एम्स्टर्डम– कृत्रिम बौद्धिकता (एआई) र डेटा सेन्टरको तीव्र विस्तारले वातावरण तथा समाजमा पार्ने असरबारे प्रश्न उठाउँदै युरोपका विभिन्न देशमा विरोध प्रदर्शन चर्किएको छ । नेदरल्यान्ड्सको राजधानी एम्स्टर्डममा शुक्रबार प्रदर्शनकारीले माइक्रोसफ्टको नयाँ डेटा सेन्टर निर्माणस्थलमै प्रवेश गरेर निर्माण रोक्न माग गरेका छन् ।

प्रदर्शनका क्रममा केही आन्दोलनकारी क्रेनमा चढेर आगो बालेका थिए भने केहीको प्रहरीसँग झडप भएको थियो । डच प्रहरीले निषेधित क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गरेको आशंकामा १५० देखि २०० जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)