मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चीनलाई हराउँदै नेपाल यु–१९ महिला टोलीको लगातार चौथो जित

setopati.com · Sat Nov 07 10:20:44 UTC 2026

चीनमा जारी यु–१९ ‘बेल्ट एन्ड रोड सिरिज’मा नेपाली युवा महिला क्रिकेट टोलीले लगातार चौथो जित निकालेको छ। आज भएको खेलमा नेपालले आयोजक चीनलाई ८४ रनले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४१ रन बनाएको थियो। नेपालका लागि टीका शाहले ३५ बलमा अविजित ४३ रन बनाइन्। कप्तान सोनी पाख्रिनले ३१, सावित्री धामीले २४ र साना प्रवीनले १३ रनको योगदान दिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)