मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रधानमन्त्रीको भारत भ्रमणबाट हवाई रुटमा सकारात्मक निर्णय आउने अपेक्षा, विमानस्थल सञ्चालन र निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता

nepalviews.com · Sat Nov 07 10:21:07 UTC 2026

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन र अन्तर्राष्ट्रिय हवाई रुटको समस्या समाधानका विषयमा छिट्टै सकारात्मक खबर आउने प्रतिनिधिसभा सदस्य पूनम कुमारी अग्रवालले बताएकी छन् । उनले प्रधानमन्त्रीको आगामी भारत भ्रमणबाट हवाई रुट तथा विमानस्थल सञ्चालनका विषयमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरेको बताएकी हुन ।

चेम्बर अफ कमर्स रुपन्देहीद्वारा शनिबार भैरहवामा आयोजित छलफल कार्यक्रममा बोल्दै सांसद अग्रवालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नु आफ्नो प्रमुख प्राथमिकता रहेको बताइन् । उनले विमानस्थल सञ्चालनका लागि आफूले संसद्‌मा पाँचपटकसम्म आवाज उठाइसकेको उल्लेख गर्दै सरकार यस विषयमा गम्भिर रहेको दाबी गरिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)