मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अटो खेतमा खस्यो, पाँचजनाको अवस्था गम्भीर

baahrakhari.com · Sat Nov 07 10:33:00 UTC 2026

काठमाडौं । सिन्धुलीमा अटो खेतमा खस्दा सातजना घाइते भएका छन् । हरिहरपुरगढी गाउँपालिका–३, गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा अटो अनियन्त्रित भई सडकबाट करिब १५/२० मिटर तल खेतमा खसेको प्रहरीले जनाएको छ ।

शनिबार (कात्तिक २१) दिउँसो करिब १३ः३० बजे झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लु.प्र.०१–००१ स ८१४० नम्बरको उक्त अटो दुर्घटनामा परी घाइते भएका सातमध्ये पाँचजनाको अवस्था गम्भीर छ । चालकसहित अटोमा सवार व्यक्तिहरू घाइते भएका प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)