बाढी पीडितले छोड्न थाले गुम्बा, गृहमन्त्रीको आश्वासनले रुष्ट (तस्बिरहरू)
ratopati.com · Sat Nov 07 10:41:11 UTC 2026

काठमाडौँ । काठमाडौँको स्वयम्भूस्थित मुस्ताङ गुम्बामा दुई महिनादेखि आश्रित भोटेकोशी बाढी पीडितले आश्रयस्थल छोड्न थालेका छन् । गुम्बा व्यवस्थापनले लामो समय भएको र अब आफ्नो व्यवस्थापन गर्न भनेपछि पीडितहरू शनिबारदेखि अन्यत्र सर्न थालेका हुन् ।
गुम्बा छोडेका बाढी पीडितहरू तत्कालका लागि काठमाडौँमा आफन्तकहाँ बस्ने र तिहारपछि रसुवा फर्कने योजनामा छन् । सरकारले नगरेपनि टिमुरेमाथि खैदे डाँडामा बासस्थानको व्यवस्था गर्ने उनीहरूको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)