मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

गण्डकी आयुर्वेद अस्पतालको भिडियो प्रतियोगितामा प्रियङ्का चौधरी प्रथम

swasthyakhabar.com · Sat Nov 07 10:45:00 UTC 2026

पोखरा - गण्डकी आयुर्वेद अस्पताल, पोखराले २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीका अवसरमा आयोजना गरेको खुला जनचेतनामूलक भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ। प्रतियोगितामा दाङकी प्रियङ्का चौधरी प्रथम भएकी छन्।

त्यसैगरी सविता केसी द्वितीय र डा. सरोज पन्थी तृतीय भएका छन्। प्रतियोगितामा प्राप्त भिडियोको मूल्याङ्कन अस्पतालको मूल्याङ्कन समितिले गरेको थियो। नतिजा अस्पतालका कन्सल्टेन्ट शल्य चिकित्सक डा. दीक्षा पौडेलले सार्वजनिक गरेकी थिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)