गौतमबुद्ध विमानस्थलबारे छिट्टै ‘गुड न्यूज’ आउँददै छ : सांसद अग्रवाल
aarthiknews.com

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन र अन्तर्राष्ट्रिय हवाई रुटको समस्या समाधानका विषयमा छिट्टै सकारात्मक खबर आउने प्रतिनिधिसभा सदस्य पूनम कुमारी अग्रवालले बताएकी छन् । उनले प्रधानमन्त्रीको आगामी भारत भ्रमणबाट हवाई रुट तथा विमानस्थल सञ्चालनका विषयमा महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरेको बताएकी हुन ।
चेम्बर अफ कमर्स रुपन्देहीद्वारा शनिबार भैरहवामा आयोजित छलफल कार्यक्रममा बोल्दै सांसद अग्रवालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नु आफ्नो प्रमुख प्राथमिकता रहेको बताइन् । उनले विमानस्थल सञ्चालनका लागि आफूले संसदमा पाँच पटकसम्म आवाज उठाइसकेको उल्लेख गर्दै सरकार यस विषयमा गम्भीर रहेको दाबी गरिन ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)