नेपालगन्जमा सबैभन्दा अग्लो १०८ फिटको हनुमानको मूर्ति निर्माण
gorkhapatraonline.com · Sat Nov 07 10:57:44 UTC 2026

बागेश्वरी माताको सहरको रुपमा परिचित पश्चिम नेपालकै प्रमुख सहर नेपालगन्जको थप धार्मिक पहिचान बढाउने उद्देश्यले यहाँ देशकै सबैभन्दा अग्लो १०८ फिटको हनुमानको मूर्तिको निर्माण सम्पन्न गरिएको छ । सो मूर्ति नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ बागेश्वरी मन्दिर नजिकै रहेको हनुमानगढी परिसरमा निर्माण गरिएको हो ।
नेपालगन्जलाई विशेष धार्मिक सहरका रुपमा नेपाल र भारतमा चिनाउने उद्देश्यले उपमहानगरपालिकाले देशकै सबैभन्दा अग्लो १०८ फिटको हनुमानको मूर्ति निर्माण गरेर तयार पारेको उपमहानगरका नगर प्रमुख प्रशान्त बिष्टले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)