पार्टीकारिता गर्नेहरू राष्ट्रपतिसमक्ष पुगे: सांसद खत्री
barnanmedia.com · Sat Nov 07 11:16:38 UTC 2026

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले सरकारले अघि बढाउन खोजेको प्रस्तावित अध्यादेश रोक्न राष्ट्रपतिसमक्ष पुगेर आग्रह गर्ने पत्रकारहरूमाथि कडा टिप्पणी गरेका छन्। निष्पक्ष पत्रकारिता गर्ने व्यक्तिहरूलाई राष्ट्रपतिसमक्ष बिन्ती बिसाउन जानुपर्ने कुनै आवश्यकता नरहेको उनको भनाइ छ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद खत्रीले पत्रकारहरू वीरेन्द्र जैरु, युवराज कँडेल र अपिल त्रिपाठीलगायतलाई लक्षित गर्दै प्रस्तावित अध्यादेशले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन्छ भन्ने तर्कमा सत्यता नरहेको दाबी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)