मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मुस्ताङमा उत्पादित ७२ प्रतिशत स्याउ बजारमा

gorkhapatraonline.com · Sat Nov 07 11:36:51 UTC 2026

मुस्ताङमा कात्तिक महिनाको तेस्रो सातासम्म मुस्ताङमा उत्पादित कुल स्याउको ७२ प्रतिशत स्याउ बजारमा निकासी भएको छ । दसैँसम्म ३५ प्रतिशत मात्रै स्याउ निकासी भएको थियो । असोज महिनामा बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम–कोरला सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ निकासी प्रभावित भएकोमा हालसम्म कुल उत्पादनको ६५ प्रतिशत स्याउ जिल्ला बाहिर निकासी भएको छ भने स्थानीय बजारमा १० प्रतिशत रहेको पशु तथा कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ । बगैँचामा रहेको २५ प्रतिशतमध्ये करिब २० प्रतिशत स्याउ बजारमा जाने र बाँकी स्याउको सुकुटी बनाएर पर्यटकलाई बिक्री गर्ने अनुमान छ ।

जिल्लामा कुल उत्पादनको १० प्रतिशत स्याउ सुकुटी, स्थानीय विभिन्न ड्रि«स्टिरी कम्पनीले समेत खरिद गर्ने गरेका छन् । कार्यालय प्रमुख डा. लालमणी अर्यालले कृषकको बगैंचाबाट मङ्सिर पहिलो सातासम्म स्याउ टिपेर सकिने बताउनुभयो । डा.अर्यालले भन्नुभयो, ‘‘प्राकृतिक विपत्तिले समयमै स्याउ निर्यातमा ढिलाइ भयो । चिसो हावापानी भएकाले बोटमा भएका स्याउको गुणस्तरमा कुनै असर गरेको छैन ।’’

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)