जुवातास खेलिरहेको अवस्थामा ५९ जना पक्राउ
ratopati.com · Sat Nov 07 11:53:11 UTC 2026

काठमाडौँ । विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ५९ जना पक्राउ परेका छन् । काभ्रे, सिराहा, बारा लगायतका जिल्लाबाट ५९ जना पक्राउ परेका हुन् । काभ्रेको पनौती नगरपालिका–९ सुनथान बस्ने ४० वर्षीय सुरेशकुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरेश समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ४५ हजार रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । त्यस्तै, सिराहाको लहान नगरपालिका–७ बाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५३ वर्षीय नीरज गुप्तासहित ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)