मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दानबहादुर कार्कीलाई अदालतले न्याय  दिन्छ भन्ने विश्वास छ : प्रचण्ड

ratopati.com · Sat Nov 07 12:10:11 UTC 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीलाई अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् । शनिबार काठमाडौँमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले दानबहादुर कार्कीलाई पदबाट हटाएर सरकारले अन्याय गरेको भन्दै सर्वोच्चले न्याय दिने बताएका हुन् ।

आन्दोलनको तयारीका विषयमा पत्रकारको प्रश्नमा प्रचण्डले अहिले राष्ट्रिय जागरण अभियान चलिरहेको र त्यो अभियान सकिएपछि त्यसको समीक्षा गरेर मात्रै अगाडिको योजना बनाइने उल्लेख गरे । उनले एमालेसँग मात्रै नभई कांग्रेस र संविधान शान्तिप्रतिको निम्ति सहभागी सबैलाई एक ठाउँमा जोडेर अघि बढ्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)