मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गौतमबुद्ध विमानस्थल छिटै पूर्ण क्षमतामा चल्छ : सांसद अग्रवाल

gorkhapatraonline.com · Sat Nov 07 12:11:32 UTC 2026

रुपन्देहीका प्रतिनिधि सभा सदस्य पुनमकुमारी अग्रवालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटै पूण क्षमतामा चल्ने बताउनुभएको छ ।

उहाँले विमानस्थल सञ्चालनका लागि सरकार निकै तिव्रताका साथ काम गरिरहेको उल्लेख गर्नुभयो । शनिबार भैरहवास्थित निजी क्षेत्रका प्रतिनिधि र पर्यटन व्यवसायीहरुसँगको छलफलमा सांसद अग्रवालले भन्नुभयो, ‘सरकारले आवश्यक आन्तरिक तयारी गरिरहेको छ । यहाँको जनप्रतिनिधिको हिसावले संसद बैठक, मन्त्रालय, विभाग, विभिन्न कुटनीति नियोगहरुमा मैले पनि पहल गरिरहेकी छु ।’

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)