मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भैँसीपालनबाट जोडे ट्याक्टर र जग्गा

gorkhapatraonline.com · Sat Nov 07 12:48:24 UTC 2026

कुनै समय घरपरिवारको उपभोगका लागि मात्रै भैँसी पाल्दै आउनुभएका राजपुरका प्रेमकुमार यादव अहिले व्यावसायिक भैँसीपालनबाट आर्थिक रूपमा सबल बन्नुभएको छ । आठ वर्षअघि चारवटा भैँसीबाट सुरु भएको उहाँको व्यवसायले अहिले विस्तार पाएको छ । दूध बिक्रीबाट भएको आम्दानीले उहाँले ट्याक्टर र जग्गासमेत जोड्नुभएको छ ।

पुर्ख्यौली पेसाका रूपमा भैँसीपालन गर्दै आउनुभएका यादवले आठ वर्षअघि यसलाई व्यावसायिक रूप दिने सोच बनाउनुभयो । तर, व्यवसाय गर्न आवश्यक पुँजीको अभाव थियो । आफूसँग पर्याप्त रकम नभएपछि उहाँ आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सदस्य बन्नुभयो । संस्थामा नियमित बचत गर्दै आउनुभएका उहाँले एक दिन आफ्नो व्यावसायिक योजना संस्थाका कर्मचारीलाई सुनाउनुभयो । कृषि तथा पशुपालनका क्षेत्रमा कर्जा लगानी गर्दै आएको संस्थाले उहाँको योजना स्वीकार गर्दै चार लाख ५० हजार रुपियाँ कर्जा उपलब्ध गरायो । उक्त रकमबाट थप चारवटा भैँसी खरिद गरेपछि यादवले भैँसीपालनलाई व्यावसायिक रूपमा अघि बढाउनुभयो । यादवले भन्नुभयो “कर्जा लिन धितो राख्नुपर्छ होला भन्ने लागेको थियो । तर, संस्थाले बिना धितो कर्जा पनि दिदो रहेछ । त्यसपछि व्यवसाय विस्तार गर्न सहज भयो ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)