मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वार्नरको अर्धशतकमा काठमाडौंले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य

kendrabindu.com · Sat Nov 07 12:57:43 UTC 2026

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई मध्यम लक्ष्य प्रस्तुत गरेकाे छ । कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको हाे ।

इनिङ्सको सुरुआतमा ओपनरद्वय साहिल पटेल र डेभिड वार्नरले उत्कृष्ट साझेदारी गर्दै पहिलो विकेटका लागि १०४ रन जाेडेका थिए। साहिल पटेलले ३६ बलमा ३८ रन बनाए भने डेभिड वार्नरले ५० बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६६ रनको उत्कृष्ट पारी खेले। एनपीएलमा वार्नरको यो पहिलो अर्धशतक हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)