विचौलिया प्रवृत्ति अन्त्य गर्न सांसद ढुंगानाको प्रश्न
hamrakura.com · Sat Nov 07 00:00:00 UTC 2026

काठमाडौँ। नेपाली कांग्रेसका सांसद आनन्द ढुंगानाले सर्वोच्च अदालतका फैसलाहरूको भाषा र व्याख्या जटिल हुँदा सर्वसाधारणले बुझ्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्।
शनिबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित गोकर्ण डाँगीसँग प्रश्न गर्दै सांसद ढुंगानाले न्यायालयका फैसलाहरू सामान्य नागरिकले समेत सहजै बुझ्ने गरी सरल भाषामा लेखिनुपर्ने आवश्यकता औँल्याएका छन्। बैठकमा उनले फैसलामा प्रयोग हुने ‘उल्टी’ जस्ता शब्दले कुन अदालतको फैसला उल्टिएको हो भन्ने स्पष्ट पार्न नसक्दा पीडित पक्ष अन्योलमा पर्ने र अर्थ बुझ्न कानून व्यवसायीकहाँ धाउनुपर्ने बाध्यता न्याय सम्पादनको कमजोरी भएको टिप्पणी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)