मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सम्झौता अवधिभन्दा १० महिना अगाडि नै बन्यो कटनुखोला पुल

ratopati.com · Sat Nov 07 13:56:00 UTC 2026

विराटनगर । समयमा काम नसकिने, ढिलासुस्ती हुने र निर्माण व्यवसायीले योजना अलपत्र पार्ने प्रवृत्ति देशभर मौलाइरहेका बेला मोरङको रतुवामाई नगरपालिकामा भने एउटा विकास आयोजना तोकिएको समयभन्दा १० महिनाअगावै सम्पन्न भएर उदाहरणीय बनेको छ ।

रतुवामाई नगरपालिका–८ स्थित जनता बाँध क्षेत्रमा पर्ने ‘डाम्राभित्ता बजार पूर्व भुल्काडोवा जोड्ने बाटो’अन्तर्गत कटनुखोला पुल निर्माणको काम सम्झौता अवधिभन्दा १० महिनाअघि नै सम्पन्न भएको हो । नवनिर्मित २५ मिटर लामो आरसीसी टी–गर्डर पुलको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जीवन आचार्यले उद्घाटन गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)