चामलको सहज पहुँचसँगै जुम्लामा चिनोखेती घट्दै
ratopati.com · Sat Nov 07 14:08:03 UTC 2026

जुम्ला । जुम्लामा पछिल्लो समय चिनोखेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । गाउँगाउँसम्म सडक सञ्जाल विस्तार भई चामल सहज रूपमा उपलब्ध हुन थालेपछि किसानले चिनोखेती गर्न छाड्दै गएका हुन् ।
जिल्लाको तिला, हिमा, सिञ्जा, पातारासी र तातोपानीलगायतका क्षेत्रमा परम्परागत रूपमा चिनोखेती गरिँदै आएको थियो । विगतमा चामलको अभावका कारण जिल्लाका अधिकांश क्षेत्रमा चिनोखेती हुने गरे पनि अहिले गाउँबस्तीसम्मै चामल पुग्न थालेपछि यसको खेती घट्दै गएको तिला गाउँपालिका–१ का अगुवा किसान लालबहादुर बुढाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)