मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपिएल खेल्न आएका विदेशी खेलाडीबाट नेपालको पर्यटन प्रवर्द्धन, कसले के भने ?

lokaantar.com · Sat Nov 07 14:14:21 UTC 2026

नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न विश्व क्रिकेटका चर्चित खेलाडीहरू यतिबेला नेपालमा छन् । अष्ट्रेलियाका डेविड वार्नरदेखि दक्षिण अफ्रिकाका डेविड मिलरसम्मका अन्तरराष्ट्रिय ख्यातिप्राप्त खेलाडीको उपस्थितिले नेपाली क्रिकेटको चर्चा अन्तरराष्ट्रियस्तरमा बढाएको छ । प्रतियोगिताले नेपाली क्रिकेटको प्रचारसँगै विदेशी खेलाडीको नेपाल आगमन र उनीहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका सामग्रीमार्फत नेपालको पर्यटन प्रवर्द्धनमा पनि योगदान पुग्ने विश्वास गरिएको छ ।

एनपिएल खेल्न नेपाल आएका विदेशी खेलाडीले यहाँको प्राकृतिक सुन्दरता, हिमाली दृश्य, सांस्कृतिक विविधता र नेपालीको आतिथ्यको प्रशंसा गरिरहेका छन् । उनीहरूले नेपालमा बिताएका क्षण र घुमफिरका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दा नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)