मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्लास्टिकका ३३६ माला र १४० पुष्पगुच्छा महानगर प्रहरीद्वारा जफत

ratopati.com · Sat Nov 07 14:31:17 UTC 2026

काठमाडौं । तिहारलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले प्लास्टिकजन्य फूल, माला र पुष्पगुच्छाको बिक्रीमा रोक लगाएको छ । प्रतिबन्धको अवज्ञा गर्दै बिक्री गरिएका ३३६ वटा प्लास्टिकका माला र १४० वटा पुष्पगुच्छा महानगर प्रहरी बलले जफत गरेको छ ।

महानगर प्रहरी बल र वातावरण व्यवस्थापन विभागले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गरी प्लास्टिकजन्य फूल, माला, पुष्पगुच्छा तथा सजावटका सामग्रीको बिक्री वितरण निषेध गरेका थिए । सूचनाको अवज्ञा गर्दै बिक्रीका लागि राखिएका सामग्री विभिन्न स्थानबाट जफत गरिएको महानगरले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)