अपराजित लुम्बिनीको यात्रामा रोक, काठमान्डु ३६ रनले विजयी
ratopati.com · Sat Nov 07 14:59:32 UTC 2026
काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को शनिबारको खेलमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको छ । काठमान्डुले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९ ओभर ३ बलमा १२४ रन बनाउँदा अलआउट भयो ।
लुम्बिनीका सन्दीप जोराले ४५ बलमा ३ चौकासहित ४४, अभिशेष गौतमले १५ बलमा १ चौकासहित १५ र निरोशन डिकवेलाले ७ बलमा ३ चौकासहित १४ रन बनाए । काठमान्डुका जहानदाद खानले ४ विकेट लिए । यस्तै कप्तान करण केसीले २, सन्तोष यादव, शहाब आलम, सहज राचीगे र रसिद खानले समान १ विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)