मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल : लुम्बिनीको पहिलो हार, काठमान्डु ३६ रनले विजयी

nepalpress.com · Sat Nov 07 14:59:50 UTC 2026

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले पहिलो हार बेहोरेको छ । भर्खरै सम्पन्न खेलमा लुम्बिनी काठमान्डु गोर्खाजसँग ३६ रनले पराजित भएको हो । चार खेलमा काठमान्डुको यो तेस्रो जित हो ।

काठमान्डुले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमा अलआउट भयो । सन्दीप जोराले सर्वाधिक ४४ रन बनाउँदा अभिषेश गौतमले १६, निरोशन डिकवेलाले १४ तथा रुबेन ट्रम्पलमानले ११ रन जोडे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)