मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सयपत्री र मखमली फूलको माला बेलायत, हङकङ र यूएई निर्यात

hamrakura.com · Sat Nov 07 00:00:00 UTC 2026

चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला बेलायत, हङकङ र यूएई निर्यात हुन थालेको छ । पूर्वी चितवनको कालिका नगरपालिका–पदमपुरका चार दाजुभाइले व्यावसायिक रूपमा उत्पादन गरेको फूल तथा माला ती देशमा पठाइएको हो ।

स्थानीय गोविन्द बाँस्तोलाको परिवारले उत्पादन गरेका तीन हजार सयपत्री र दुई हजार मखमलीका माला हङकङ पठाएको छ । यसैगरी, ५०० वटा विशिष्ट व्यक्तिका लागि तयार गरिएका (भीआईपी) माला र ५०० किलो सयपत्री फूलका थुङ्गा पनि हङ्कङ पठाइएको बाँस्तोलाले जानकारी दिए । उनका अनुसार एक हजार सयपत्रीका माला र एक हजार किलो फूलका थुङ्गा दुबई तथा ५०० वटा मखमलीका माला बेलायत पठाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)