‘सडक कविता यात्राका सिर्जना पुस्तकमा सङ्कलित’
barnanmedia.com · Sat Nov 07 15:50:14 UTC 2026

धरानमा ‘लक्ष्मी सडकका कविता २०८३’ कृति विमोचन गरिएको छ । आज आयोजित कृति विमोचन, महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदानमाथिको परिचर्चा तथा स्रष्टा सम्मान कार्यक्रममा कृतिका प्रधान सम्पादक शङ्कर भण्डारीले सडक कविता यात्राका क्रममा सिर्जना गरिएका कवितालाई सङ्कलन र संरक्षण गरी भावी पुस्तासम्म पुर्याउने उद्देश्यले कृति प्रकाशन गरिएको बताउनुभयो ।
उहाँले साहित्यिक सिर्जनाको संरक्षण, नयाँ प्रतिभाको प्रोत्साहन र साहित्यिक चेतना अभिवृद्धिमा यस्ता प्रकाशनले योगदान पुर्याउने उल्लेख गर्नुभयो । वर्तमानमा सिर्जना भएका रचनाले भविष्यमा साहित्यिक सम्पदाको रूप लिन सक्ने भएकाले तिनको सङ्कलन र संरक्षण आवश्यक रहेको उहाँको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)