बजेट विवादमा सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध
barnanmedia.com · Sat Nov 07 16:07:21 UTC 2026

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । अवरोधपछि आज आधा घण्टाका लागि स्थगित गरिएको बैठक पुनःबस्न नसकी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।
आज प्रदेशसभाको आठौँ अधिवेशनको २४औँ बैठक सुरु हुनासाथ कांग्रेसका प्रदेशसभा सदस्यहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख भीमबहादुर भण्डारीले दलका तर्फबाट धारणा राख्न समय दिनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)