लुम्बिनी लायन्सविरुद्ध काठमाण्डु गोर्खाजको जित
gorkhapatraonline.com · Sat Nov 07 16:41:14 UTC 2026
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध काठमाण्डु गोर्खाजले ३६ रनको जित निकालेको छ । जारी एनपिएलमा काठमाण्डुको यो तेस्रो जित हो ।
उता लुम्बिनीले पहिलो हारको सामना गरेको छ । आजको खेलमा काठमाण्डुले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमै अलआउट भयो । उसका लागि सन्दीप जोराले ४४, अभिषेश गौतमले १६, निरोशन डिकवेलाले १४, शेर मल्लले १२ र रुबेन ट्रम्पेलम्यानले ११ रन बनाउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)