नयाँ झोला, कापी र कलम पाएपछि बालबालिका खुसी
gorkhapatraonline.com · Sat Nov 07 17:22:17 UTC 2026

२१ नयाँ झोला, कापी र कलम पाएपछि बालबालिकाको मुहारमा खुसी छाएको छ । पढाइका लागि आवश्यक शैक्षिक सामग्री पाएसँगै उनीहरू उत्साहित भएका छन । सिकलसेल प्रभावित तथा विपन्न परिवारका बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले ग्रामीण महिला उत्थान केन्द्रले शैक्षिक सामग्री सहयोग गरेपछि बालबालिकामा खुसी छाएको हो । केन्द्रले छात्रवृत्ति कार्यक्रमअन्तर्गत लमही र राजपुर क्षेत्रका १८ जना बालबालिकालाई झोला, कापी र कलमलगायतका शैक्षिक सामग्री वितरण गरेको हो ।
नयाँ झोला र शैक्षिक सामग्री पाएपछि बालबालिकाले खुसी व्यक्त गर्दै यसले पढाइप्रति हौसला मिलेको राजपुर गाउँपालिका–१ चदालपुरकी अनुजा चौधरीले बताउनुभयो । “कापीकलम र झोला नहुँदा पढाइमा समस्या हुने गरेको थियो, उहाँले भन्नुभयो, यो सहयोगले हाम्रो अध्ययनलाई निरन्तरता दिनमा थप हौसला मिलेको छ ।” यस्तै देउखुरी बहुमुखी क्याम्पसमा अध्ययनरत लमही नगरपालिका–७ हस्नापुरकी विनिता चौधरीको अनुभव पनि उस्तै छ । उहाँले भन्नुभयो “आज छात्रवृत्ति पाउँदा म धेरै खुशी छु । यसले मेरो पढाइको सहयोग पुग्ने छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)