चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछन् : प्रदेश प्रमुख मियाँ
ratopati.com · Sat Nov 07 17:37:43 UTC 2026

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले तिहार, छठ पर्व तथा नेपाल संवत्ले नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक विविधताबिच आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
तिहार, छठ पर्व तथा नेपाल संवत् ११४७ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले तिहारलाई मानव र अन्य जीवजन्तुबिचको सुसम्बन्धको प्रतीकका रूपमा उल्लेख गरेका छन् । तिहारमा काग, कुकुर, गाईलगायत गोवर्धन पर्वतको पूजाअर्चना गरी अन्तिम दिन दिदीबहिनी तथा दाजुभाइबिच भाइटिका लगाउने परम्पराले पारिवारिक आत्मीयता र आपसी सम्बन्धलाई प्रगाढ बनाउने उनले उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)