सम्झौताको १६ महिनामा पनि काम सुरू भएन
gorkhapatraonline.com · Sat Nov 07 17:37:44 UTC 2026

अछाम र डोटी जोड्ने मोटरेबल पुल निर्माणका लागि सम्झौता भएको १६ महिनामा समेत निर्माणको काम सुरु भएको छैन । पूर्वाधार विकास कार्यालय साँफेबगरले अछामको चौरपाटी गाउँपालिका २ र दिपायल सिलगढी नगरपालिका ८ जोड्ने गण्डीगाडमा निर्माण गर्न लागेको मोटरेबल पुलको सम्झौताको १६ महिना बित्दासमेत काम अगाडि बढ्न सकेको छैन । पुल नबन्दा वर्षाको समयमा खोला बढेका कारण यातायातका साधानहरु वारपार गर्न नसक्ने विषेश गरी सुत्केरी महिला र बिरामीहरुले निकै सास्ती बेहोर्नु परेको स्थानीय धुर्ब साउदले बताउनुभयो ।
पुल निर्माणका लागि पटकपटक सहजीकरण गर्दा पनि निर्माण व्यावसायीले कुनै वास्ता नगरेको, ठेक्का पाएको केही समय डोजर आएर सो डोजरले सडक खनेका कारण उक्त खोलामाथी रहेको झुलुङ्गे पुलसमेत क्षति भएको अहिले स्थानीयहरु क्षति भएको झुलुङ्गे पुलमा जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका चौरपाटी गाउँपालीमा अध्यक्ष भिम बहादुर साउदले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)