दसौँ राष्ट्रिय खेलकुद : लुुम्बिनी प्रदेशबाट पौडीका २० खेलाडी छनौट
gorkhapatraonline.com · Sat Nov 07 17:49:15 UTC 2026
कर्णाली प्रदेश राजधानी सुर्खेतमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदका लागि लुुम्बिनी प्रदेशबाट पौडीका २० खेलाडी छनौट भएका छन् ।
नेपालगन्ज रंगशाला परिसरमा भएको पौडीको फ्रिस्टाइल र बटर फ्लाइ स्पर्धामा सहभागी भएका २० पुरुष र ११ महिला खेलाडीमध्ये १२ जना पुरुष र ८ जना महिला खेलाडी छनौट भएको पौडी प्रशिक्षक चन्द्रराम चौधरीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)