मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शारदा नगरपालिकाले न्यूनतम विद्युत् शुल्क तिरिदिने

gorkhapatraonline.com · Sat Nov 07 17:56:46 UTC 2026

सल्यानको शारदा नगरपालिकाले नगरवासीले मासिक २० युनिटसम्म विद्युत् खपत गर्दा लाग्ने न्यूनतम विद्युत् शुल्क व्यहोर्ने भएको छ । नगरपालिकाको यो कार्यक्रमबाट ५ एम्पियरको मिटर जडान गरेका करिब सात हजार २०० घरधुरी लाभान्वित हुने भएका छन् ।

आगामी मंसिरदेखि लागू हुने कार्यक्रमसम्बन्धी सम्झौतामा शारदा नगरपालिका र नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रबीच हस्ताक्षर भएको छ । सम्झौताअनुसार ५ एम्पियरको मिटर जडान गरी मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको न्यूनतम विद्युत् शुल्क नगरपालिकाले भुक्तानी गर्नेछ । यो कार्यक्रम २०८४ असार मसान्तसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)