पावरप्लेमा विकेट गुमाउनु नै हारको कारण हो : कप्तान रोहित
canadanepal.com · Sat Nov 07 17:50:06 UTC 2026
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित भएपछि लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पावरप्लेमा धेरै विकेट गुमाउनु हारको मुख्य कारण भएको बताएका छन्। १६० रनको लक्ष्य पछ्याउने क्रममा सुरुवाती ओभरमै ५-६ विकेट गुमाउँदा खेलमा फर्कन कठिन भएको उनको भनाइ छ।
शनिबार खेलपछि आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले पिच ब्याटिङका लागि निकै राम्रो रहेको र लक्ष्य भेट्टाउन सकिने अवस्था रहेको स्वीकार गरे। उनले भने, 'पिच ब्याटिङका लागि निकै राम्रो थियो। १६० रनको लक्ष्य सजिलै भेट्टाउन सकिन्थ्यो। तर पावरप्लेमै हाम्रो ब्याटिङ बिग्रियो। यसमा कुनै एक खेलाडीलाई मात्र दोष दिन मिल्दैन। टिमकै ब्याटिङ राम्रो हुन सकेन।'
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)