इजरायलमा अरब दलले जिते ऐतिहासिक 19 सिट, सरकार गठनमा निर्णायक बन्न सक्ने
barnanmedia.com · Sat Nov 07 21:45:00 UTC 2026

इजरायलको संसदीय निर्वाचनपछि सरकार गठनको विषय अन्योलमा परेको छ। अधिकांश मतगणना सकिँदासमेत प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनका प्रमुख प्रतिस्पर्धी पूर्वसैनिक प्रमुख गादी आइजेनकोट दुवै पक्षले स्पष्ट बहुमत हासिल गर्ने अवस्था नदेखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ।
पछिल्लो अनुमानअनुसार नेतान्याहूको गठबन्धनले १२० सदस्यीय संसद् (नेसेट) मा ५३ सिट पाउने देखिएको छ। अघिल्लो संसद्मा उनको गठबन्धनसँग ६८ सिट थियो। आइजेनकोट नेतृत्वको विपक्षी समूहले ४८ सिट पाउने अनुमान छ भने अरबबहुल दलहरूले ऐतिहासिक रूपमा १९ सिट जित्ने प्रक्षेपण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)