मिथिला क्षेत्रमा किसानलाई केरा गोडमेलको अवसर
ratopati.com · Sat Nov 07 23:16:18 UTC 2026

महोत्तरी । फलमा अत्यन्त गुणकारी र पौष्टिकताले भरिपूर्ण मानिने केरा मधेसको मिथिला क्षेत्रका सबैतिर पाइन्छ । केराको राम्रो उत्पादन लिन नियमित गोडमेल आवश्यक हुन्छ ।
यो गोडमेलमा केराका झ्याङमा धेरै कोथा (नयाँ बोट) बढ्न दिन हुँदैन । यसका लागि समयसमयमा कोथा छाँटेर तीनचार बोटमात्र एउटा झ्याङमा राख्नुपर्ने बागवानीविज्ञ बताउँछन् । यस्तो गोडमेललाई किसान भने दीपावली र छठ पर्व पर्खन्छन् । यी पर्वमा गाडमेलमा छ्याँसिनुपर्ने कोथा ९थाम० बाट पनि नगद आर्जन हुने भएपछि किसानले यस कामका लागि यो बेला पर्खने गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)