नियममा बाँधिएपछि टोल बन्यो सुन्दर
ratopati.com · Sat Nov 07 23:30:00 UTC 2026

दाङ । दाङको राप्ती गाउँपालिका–८ स्थित पार्विक टोल विकास संस्थामा आजभोलि एउटा फरक दृश्य देखिन्छ । करिब १४० घरपरिवार रहेका यो टोलका बाटाघाटा सफा छन्, ठाउँठाउँमा स्ट्यान्डसहितका डस्टबिन राखिएका छन् । सडक वरपर सयपत्रीका फूलले टोललाई नै सुन्दर देखाउँछ । जथाभाबी फोहर फालिदैन ।
स्थानीय समुदायले निर्णय नै गरेर टोलमा यी कार्य भएको टोल विकास संस्थाका अध्यक्ष दिलबहादुर खत्रीले बताए । “सुरुका दिनमा सडकमा जथाभाबी पशुचौपाया बाँध्ने, जथाभाबी फोहर फ्याँक्ने ठुलो समस्या थियो”, उनले भने, “सडक र नालामा फोहर फाल्ने घरघरमा प्लास्टिक जलाउने गरिन्थ्यो, तर अहिले त्यस्तो छैन ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)