मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नेपालमा बर्सेनि ८० हजार मानिस जलनबाट प्रभावित, विशेषज्ञ चिकित्सकको चरम अभाव

annapurnapost.com · Sat Nov 07 23:30:14 UTC 2026

काठमाडौं : नेपालमा बर्सेनि करिब ८० हजार मानिस जलनबाट प्रभावित हुने गरे पनि उपचार गर्ने विशेषज्ञ चिकित्सकको चरम अभाव रहेको पाइएको छ । नेपाल मेडिकल काउन्सिलमा जलन उपचारको नेतृत्व गर्ने प्लास्टिक सर्जन करिब ३० जना मात्रै दर्ता छन् । तीमध्ये पनि सबै यस क्षेत्रमा सक्रिय छैनन् ।

कुल जलनका बिरामीमध्ये ६ देखि ७ हजार जना गम्भीर प्रकृतिका हुने र उनीहरूलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ । बिरामीको सङ्ख्या ठूलो भए पनि सीमित विशेषज्ञ जनशक्तिका कारण देशको जलन उपचार प्रणालीमा चुनौती थपिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)