काभ्रेमा मतदानस्थल–मतदान केन्द्र हेरफेर प्रक्रिया अघि बढाइँदै
barnanmedia.com · Sat Nov 07 23:44:20 UTC 2026

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकलगायतका निर्वाचनलक्षित प्रक्रिया अघि बढाइरहेका बेला काभे्रपलाञ्चोकमा पनि विगतका मतदानस्थल र मतदानकेन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइने भएको छ । यसका लागि जिल्लास्थित मतदानस्थल तथा मतदान केन्द्र निर्धारण तथा सिफारिस समितिले बैठकमार्फत पुनरावलोकन प्रक्रिया र कार्यतालिका तय गरेको छ ।
समितिले मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, २०८३ अनुसार गत भदौ १५ गतेसम्म सङ्कलित तथा अद्यावधिक गरी असोज ३० गते प्रकाशित मतदाता नामावलीलाई मतदानस्थल पुनरावलोकनको आधिकारिक आधार बनाउने निर्णय गरेको छ । समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जिल्लामा क्रियाशील राजनीतिक दललाई आगामी मङ्सिर १ गतेभित्र हाल कायम मतदानस्थलको सूचीसहित पत्राचार गरी पुनरावलोकन तथा आवश्यक सिफारिसका सम्बन्धमा राय–सुझाव माग्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)