मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुरमा

barnanmedia.com · Sat Nov 07 23:59:54 UTC 2026

हिन्दू धर्मावलम्बीहरूको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गतेदेखि सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुर आइपुगेको छ । रथयात्रा बागलुङ, पोखरा हुँदै देशका मुख्यमुख्य धार्मिकस्थलहरूको परिक्रमा गरी पूर्वको मेची पुगेर शनिबार नवलपुर आइपुगेको हो ।

श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यका अनुसार नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय एकताको सुदृढीकरण, सनातन वैदिक संस्कृतिको संरक्षण तथा त्रिवेणीधाममा वैदिक विश्वविद्यालय स्थापनाको मूल उद्देश्यका साथ रथयात्रा सुरु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)