सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित, ४० हजार विद्यार्थीलाई छात्रवृत्ति
lokaantar.com · Sun Nov 08 00:10:05 UTC 2026

नेपाली सेनाको सैनिक कल्याणकारी कोषबाट हालसम्म १० लाख हिताधिकारीले विभिन्न सुविधा तथा सहुलियत प्राप्त गरेका छन् । कोषमार्फत करिब ४० हजार विद्यार्थी सैनिक विद्यालयमा छात्रवृत्तिमा अध्ययनरत छन् भने एक लाख १० हजारभन्दा बढी सैनिक सहुलियतपूर्ण ऋणबाट लाभान्वित भएका छन् ।
नेपाली सेनाले २०३२ सालदेखि बहालवाला तथा अवकाशप्राप्त सैनिक र उनीहरूका आश्रित परिवारको शिक्षा, स्वास्थ्य, सीप विकास, रोजगारी तथा आर्थिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)