कर्णाली सरकारको सय दिन : पुँजीगत खर्च ३.९३ प्रतिशत मात्रै
lokaantar.com · Sun Nov 08 00:07:51 UTC 2026

कर्णाली प्रदेश सरकारले गठन भएको एक सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतमा आयोजित पत्रकार भेटघाट तथा दीपावली शुभकामना आदानप्रदान कार्यक्रममा सरकारले एक सय दिनमा गरेका कामको विवरण सार्वजनिक गरेको हो ।
मुख्यमन्त्री मङ्गलबहादुर शाहीले एक सय दिनमा सरकारले अपेक्षित काम गरेको दाबी गरे । उनका अनुसार कात्तिक २० गतेसम्म प्रदेश सरकारको कुल बजेट खर्च ७.२० प्रतिशत पुगेको छ । यसमध्ये पुँजीगत खर्च ३.९३ प्रतिशत र चालु खर्च १२.२४ प्रतिशत रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)