मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विभिन्न सामुदायिक वनबाट १४ थान अवैध भरुवा बन्दुक बरामद

hamrakura.com · Sun Nov 08 00:00:00 UTC 2026

काठमाडौँ। सुर्खेतको पश्चिम क्षेत्रमा अवस्थित बराहताल गाउँपालिकाका विभिन्न सामुदायिक वन क्षेत्रबाट प्रहरीले १४ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ।

बराहताल गाउँपालिका–५ स्थित साजघारी सामुदायिक वनमा भरुवा बन्दुक लुकाइराखेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको टोलीले खोजतलास गर्दा ४ थान साबुत र २ वटा नाल बेसाबुत गरी ६ थान अवैध भरुवा बन्दुक फेला पारेको थियो। त्यस्तै, सोही गाउँपालिकाको वडा नं. ७ स्याउलेस्थित पानीडाँडा सामुदायिक वनमा पनि प्रहरीले चलाएको खोजतलास अभियानका क्रममा ३ थान बेसाबुत र ५ थान साबुत गरी थप ८ थान अवैध भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)