इजरायलमा फेरिने भए प्रधानमन्त्री, नेतान्याहुलाई राष्ट्रपतिले दिएनन् अनुमति
corporatenepal.com · Sun Nov 08 00:00:46 UTC 2026

जेरुसेलम । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका प्रमुख प्रतिस्पर्धी गादी आइजेनकोटलाई नयाँ सरकार गठन गर्ने जिम्मेवारी दिने निर्णय गरेका छन् । हालै सम्पन्न निर्वाचनमा कुनै पनि पक्षले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि सरकार गठनको विषय अन्योलमा परेको थियो ।
राष्ट्रपति कार्यालयका अनुसार हर्जोगले शनिबार राति याशार पार्टीका नेता आइजेनकोटलाई सरकार गठनको जिम्मेवारी दिने आफ्नो निर्णयबारे जानकारी गराएका हुन् । उनलाई औपचारिक रूपमा जिम्मेवारी दिने कार्यक्रम आइतबार जेरुसेलमस्थित राष्ट्रपतिको निवासमा आयोजना गरिने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)