मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलमा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको जिम्मा, नेतन्याहुलाई धक्का

lokaantar.com · Sun Nov 08 00:45:53 UTC 2026

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले विपक्षी नेता गादी आइजेनकोटलाई नयाँ सरकार गठनको जिम्मेवारी दिएसँगै प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई ठूलो धक्का लागेको छ । गत अक्टोबर २७ मा सम्पन्न निर्वाचनमा कुनै पनि पक्षले संसद्मा स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि राष्ट्रपतिले आइजेनकोटलाई पहिलो अवसर दिएका हुन् । राष्ट्रपतिको कार्यालयका अनुसार संसद्मा निर्वाचित दलहरूसँगको परामर्शपछि यस्तो निर्णय गरिएको हो ।

मध्यमार्गी यासर पार्टीका नेता तथा पूर्वसैनिक प्रमुख आइजेनकोटलाई दुई अरब दलका १९ सहित ६७ सांसदले समर्थन गरेका छन् । नेतन्याहुले भने ४६ सांसदको मात्र समर्थन पाएका छन् । नेतन्याहुका परम्परागत सहयोगी मानिएको युनाइटेड टोरा जुडाइजम पार्टीले समेत यसपटक उनलाई समर्थन नगरेपछि उनको गठबन्धन कमजोर बनेको सीएनएनले समाचारमा उल्लेख गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)