पोल्यान्डको क्राकोमा अन्धाधुन्ध गोली प्रहार : ६ जनाको मृत्यु, आक्रमणकारीको घरमा थप ३ शव फेला
lokaantar.com · Sun Nov 08 00:47:09 UTC 2026

पोल्यान्डको दोस्रो ठूलो सहर क्राकोमा अतिवादी दक्षिणपन्थी विचारधाराबाट प्रेरित भएको आशंका गरिएका एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ। १२ जनाभन्दा बढी घाइते भएका बीबीसीले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार ती आक्रमणकारीले क्राकोको मुख्य बजार क्षेत्रमा गाडी चलाउँदै पुर्याएर सर्वसाधारणमाथि जथाभावी गोली प्रहार गरेका थिए। सैनिक शैलीका हतियार र पोसाकमा रहेका २५ वर्षीय पोलिस नागरिकलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। उनलाई पक्राउ गर्ने क्रममा एक प्रहरी अधिकारी गम्भीर घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)